नेपाली भूमि सिमानामा काँडेतार लगाउन भन्दै धनगढीमा हस्ताक्षर अभियान सुरु

धनगढीः सरकारलाई दवाब स्वरुप सिमानामा काँडेतार लगाउन भन्दै धनगढीमा हस्ताक्षर अभियान सुरु गरिएको छ। च्यारिटी शोको हस्ताक्षर संकलनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले समेत हस्ताक्षर गरेका छन्। राष्ट्रवादी तथा नेपाल–भारतको सिमा विवादमा अधारित चलचित्र काँडेतारको शनिवार धनगढीको एसटिएस सिनेमा हलमा च्यारिटी शो गरिएको थियो। च्यारिटी शोमा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर, सन्तोसी थापा सर्मा, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, धनगढीका नगर प्रमुख गोपाल हमाल लागायतको सयौँ दर्शक रहेका थिए। चलचित्र काँडेतार आउदो फागुन २५ गते देशभर प्रदर्शन हुदैछ।

                अमरगढी नगरपालिका डडेल्धुरा

             द्वारा जनहितमा जारी सन्देश

No description available.

डिल्लीराज जोशी–नगर प्रमुख

राष्ट्रवादी चलचित्र काँडेतारको च्यारिटी शोमा आज (शनिवार) हस्ताक्षर संकलन गरिएको हो। भारतको सिमा विस्तारवादलाई रोक्न नेपाली भूमिमा काँडेतार लागाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको हो। भारतले गरिहेको नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई दवाब स्वरुप काँडेतार चलचित्रको च्यारिटी शोमा सहभागीहरु बाट हस्ताक्षर संकलन गरिएको नायक तथा निर्देशक नवल खड्काले बताए।

dcs 1
Damu 1
dandako khbar 1
Loading...