बैतडीको धुरामा जीपदुर्घटना हुदा दुई जनाको अवस्था गम्भिर

बैतडी, बैतडीको खोड्पे बाट  बोहोरीगाउँतर्फ गइरहेको सु.प.प्र. ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप आज बिहान करिब ४ बजेको समयमा पाटन–३ को धुरा भन्ने स्थानमा  दुर्घटना परेको हो । उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ । घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ  । चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको छ ।

बैतडीमा जिप दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन् । घाइते हुनेमा चालक समेत रहेका सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का अन्ताजी ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक, खेमबिक्रम केसीले जानकारी दिए ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...