मष्टा गाउँपालिकामा निर्माण भएको कुटानी पिसानी मिल अलपत्र !

बझाङ:  मष्टा गाउँपालिका वडा नम्बर ७ लटौनमा निर्माण भएको कुटानी पिसानी मिल अलपत्र अवस्थामा परेको छ । विशेष गरेर उक्त गाउँका करिब ८० भन्दा बढी घर धुरीका लागि २०७५ सालमा निर्माण गरिएको मिल सञ्चालनमा नआउँदा त्यहाँका स्थानीयलाई अहिले कुटानी पिसानी गर्न थप समस्या भएको छ ।

स्थानीय घट्ट प्रयोग गर्दै आइरहेका सथानीय मिल निर्माण हुने भएपछि हर्षित भएका थिए तर मिल नै सञ्चालनमा नआउदा अहिले कुटानी पिसानी गर्न सास्ती खेपी रहेको स्थानीयले गुनासो गरीरहेका छन् । कुटानी पिसानी गर्न ल्याइएका मिलका सामग्रीहरु यत्रतत्र खिया लागेको अवस्थामा फालिएका छन् ।

मिल बनाउनको लागी मष्टा गाउपालिकाको अघिल्लो कार्यकालमा २०७५ सालमा ३ लाख २५ हजार बजेट छुड्रयाइएको थियो भने फेरी २०७६ सालमा स्थानीय पालिकाले ८० हजार गरी ४ लाख बढी बजेट छुट्रयाएको थियो ।

तर हाल सम्म उक्त मिल सञ्चालनमा आउन सकेको छैन । यता लटौन भवानी कुटानी पिसानी उपभोक्ता समितीका सचिब जँग बहादुर बोहराले भने सबै सामाग्री पुगी सकेको र दुइ पाथर नभएर काम रोकिएको स्विकार गर्नुभयो ।

पालिका र समुदायले सहयोग गरेको भएपनि भौगोलिक रुपमा टाढाको बस्ती भएकाले समान खरीद र ढुवानीमा बजेट सकिएको र पाथर किन्नको लागी बजेट अभाब हुदा समस्या भएको उहाको भनाइ छ । कामदारको पारीश्रमिक दिन समेत बजेट नभएर आफुले व्यक्तिगत पैसा खर्च गरेर कामदारलाइ पारीश्रमिक दिएको उहाको भनाइ छ ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...