जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रही विभिन्न भू भागमा हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
अघि बिहान ६ बजे महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
यस्तै मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशााखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।


