सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुगेका छन्।
उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेको प्रहरीले जनाएको छ।
लामिछानेलाई त्यहाँ पुर्याउँदा केही कार्यकर्ताले प्रहरी कार्यालयअघि सरकारविरुद्ध नाराबाजी गरेका थिए। शनिबार सार्वजनिक बिदा भएका कारण आइतबार मात्रै उनलाई अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ। लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत अपचलन गरेको आरोप छ।
अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति पाएसँगै शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरेर प्रहरीले लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा लगेको हो।


