
बुढीगंगानगरपालिका कुलदेवमाण्डौ बाजुरा द्वारा

रामबहादुर देउबा .डोटी, बझाङ जिल्लाको केदारस्यु गाउपालिका–१ रायलमा रहेको रायल बर्थिङ सेन्टरको भवनलाई स्थानियले घाँस राख्ने गोठ बनाएका छन्।
भवन निमार्णको काम अलपत्र परेपछि स्थानियले अहिले घाँस राख्ने ठाँउ बनाएका हुन्। केदारस्यु गाउपालिका–१ का कनाडा, डुडिल, सिम, बगाल, चौडाला, पाडेचौर,
रायल र पथुडाका स्थानियहरुलाई लक्षित गरि दुई वर्ष अघि वर्थिङ सेन्टर निमार्णको काम सुरु गरिएको थियो। भवन निमार्ण कार्यले पुर्णता नपाउदा उक्त क्षेत्रका स्थानियले रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा जानुपर्ने बाध्यता रहेको छ।


