बाल विवाह रोक्न धामी झाँक्रीलाई प्रशिक्षण

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा बाल विवाह रोक्न धामी झाँक्री र स्वयंसेवकालाई प्रशिक्षण दिइएको छ।

निड्स नेपालको सुदूरपश्चिम बाल विवाह निवारण परियोजनाले व्यक्तिगत घटना दर्ता स्वास्थ्य सामाजिक संरक्षण तथा बाल संरक्षणका लागि औपचारिक, अनौपचारिक सम्बन्ध विषयमा पालिका स्तरीय अभिभुखिकरण कार्यक्रम अन्तरगत प्रशिक्षण दिएको हो।

कार्यक्रममा गोदावरीका धामी झाँक्री, सहरी स्वास्थ्य क्लिनिकको प्रसुती गृहमा काम गर्ने महिला स्वास्थ्यकर्मी र स्वयंसेवकाको सहभागिता रहेको थियो 

गत पौष २८ गते दिपायल सिलगढी नगरपालिका वार्ड नं ९की महिलाको गर्भमा रहेको शिशुको धामी झाक्रिकै भरोषामा पर्दा शिशुको ज्यान गएको डोटी जिल्ला अस्पतालले  जनाएको थियो । बालबिवहामा मात्र होइन की प्राय जसो सबै क्षेत्रको गाउँको अगुवा धामी झाक्रि अझै सम्म समेत रहने भएका कारण गोदावरी नगरपालिकाले जस्तै गरेको कामको अनुशरण सबै स्थानीय तहःहरुले गरेको खण्डमा केही हद सम्म भएता पनि समाज रुपान्त्रण्मा सह्योग पुग्थ्यो होला 

dcs 1
Damu 1
dandako khbar 1
Loading...