बाघको आक्रमणमा परेर डोटीमा एक बालिक घाइते भएकी छन्। पूर्वीचौकी गाउँपालिका–२ कुडासैनकी १३ वर्षीया कीडि ठकुल्ला बाघको आक्रमणमा परेर घाइते भएकी हुन ।
पूर्वीचौकी गाउँपालिका डोटीद्वारा जनहितमा जारी सन्देश
बाघको आक्रमणबाट बालिकाको तिघ्रा र पाखुरामा चोट लागेको बालिकाकी आमा नन्नादेवी ठकुल्लाले बताइन्। ठकुल्लालाई आइतवार दिउँसो सोहि ठाउँको रानीढुङ्गा वनमा घाँस काट्न गएका बेला आक्रमण गरेको हो। घाइते बालिकाको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ।


