ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।


पौष १४ नेपालगन्ज /

नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेश समितिकाे आयोजनामा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम नेपालगन्ज स्थित ज्योति निवास चर्चमा पौष १४ आइतबार का दिन सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश अध्यक्ष पा.बावुराम बस्नेतको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल ख्रिष्टियन समाजका अध्यक्ष रेभ.पा.लोक बहादुर चौधरी ,विशिष्ट अतिथि सत्य अनुग्रह सेवाकाईका डा.अमृत ,नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सल्लाहकार पा.मनोहर पाठक ,अतिथि समाजका केन्द्रीय सदस्य पा.प्रेम नारायण अधिकारी ,आ.एन.एप बाँके जिल्ला प्रमुख मङ्गल चौधरी ,पा.जीवन आचार्य ,रमेश भण्डारी ,कमला पाठक ,समाजका लुम्बिनी प्रदेश उपाध्यक्ष पा.धन बहादुर पाण्डे ,कोषाध्यक्ष पा.सुनिल घर्ती लगाएका समाजका लुम्बिनी प्रदेश १२भित्र जिल्ला रहेका विभिन्न जिल्ला बाट आउनुभएको प्रतिनिधिहरु र बाँके जिल्लामा रहेका नगर तथा पालिका समाजका अध्यक्षहरु समेत उपस्थित रहनु भएको थियो । रेभ पा.जीवन आचार्यले सुरुको प्रार्थना गरि सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष पा.धन बहादुर पाण्डेले गर्नु भएको थियो ।प्रमुख अतिथि एल.वी चौधरीले येशु को हुनुहुन्छ ख्रीष्टमस के हो बिषयमा वचन प्रचार र ख्रीष्टमस तथा नयाँ बर्षको समेत शुभकामना दिनुभएको थियो ।विशिष्ट अतिथि डा.अमृत आनन्द ले गोठालो को लौरो को बिषयमा जानकारी गराउदै ख्रीष्टमसको शुभकामना मन्तव्य दिनुभएको थियोे । शुभकामना मन्तव्य जिल्ला बाट प्रतिनिधित्व गर्दै पा.अविनाश बुढा मगर,आएनएफ बाँके जिल्ला प्रमुख मङ्गल चौधरी, प्रमोद नेपालका प्रमुख पा.मनोहर पाठक ले बोल्नु भएको छ ।ज्योति निवास चर्चका क्वायरका जवानहरुले ख्रीष्टमस भजन गाउँदै आराधना को अगुवाइ साथै नृत्य समेत प्रस्तुत गरेका छन । कार्यक्रम को सञ्चालन समाजका सचिव पा.डम्बरबहादुर थापा ले गर्नुभएको अन्तिम धन्यवाद सहित अन्तिम प्रार्थना गरि समाजका अध्यक्ष पा.बावुराम बस्नेतले गर्नु भएको छ ।

https://dcsem.org
Hari Prasad Regmi

dcs 1
Damu 1
dandako khbar 1
Loading...