जिल्ला अस्पताल बझाङमा नाक, कान,घाँटी रोगको विशेषज्ञ सेवा

 

Health facilities in Bajhang district hospital improve ...

                 जिल्ला अस्पताल बझाङमा विशेषज्ञसहितको नाक, कान, घाँटी रोगको सेवा सुरु भएको छ। नाक, कान, घाँटीको नियमित सेवा दिन   नसकेको अस्पतालले अब नियमित सेवा दिने भएको हो।

नाक, कान, घाँटी रोग सम्बन्धी सर्जन डाक्टर धिरज बिसँख जिल्ला अस्पताल बझाङमा आएका छन्। उनले जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा दिने भएका हुन्।

उनको जिल्ला अस्पतालका कर्मचारी, स्वास्थ्य कार्यालय बझाङका कर्मचारीहरूले स्वागत समेत गरेका छन्। जिल्ला अस्पतालमा चार जना विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य उपचार सेवा दिदै आएका छन्।

अस्पतालमा हाडजोर्नी सम्बन्धी डाक्टर इन्द्र शाह, नाक, कान, घाँटी रोग सम्बन्धी सर्जन डाक्टर धिरज बिसँखले सेवा दिदैछन्।

dcs 1
Damu 1
dandako khbar 1
Loading...