स्थायी शिक्षकको विज्ञापन खुल्यो

 

शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोग स्रोतले जनाएको छ । शिक्षकको विज्ञापन गत वर्ष जस्तै प्रदेशगत रुपमा माग गर्ने आयोगको तयारी छ ।

 

May be an image of text that says 'नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०७९ (प्रथम पटक प्रकाशित मिति: २०६००९।०६) शिक्षक सेवा आयोगको मिति २०5०/०९/०५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षावाट स्थायी पदपूर्ति गर्ुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट मिति २०5००९/०६ गतेदेखि अनलाइन दरखास्त प्रणालीवाट दरखास्त पस गनुहुन यो सूचना प्रकाशित गरिएको छ उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली https:// online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ। विज्ापनको विस्तृत विवरण आयोगको बाse.व वाट प्राप्त गर्न हे्न सकिनेछ'

माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ । तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्नेछन् ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...