प्यूठान — रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ । रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यू भएको हो ।प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको खबर आएको जानकारी दिए । रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए । दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यू भएको र हिजोमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए । उनीसँगै घाईते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यू भएको खबर परिवारलाई दिएको थापाले जानकारी दिए ।
स्वस्थ्य निर्देशनालय दिपायल डोटी द्वारा जनहितमा जारी सन्देश
- चिसो मौसममा बिशेष गरी बलबालिका र बृद्धहरुलाई स्वास्थ्यमा नकारात्मक असर पर्ने भएका ले मौसम अनुसारको लुगा लगाउने गरौ । नेपाल सरकारले निशुल्क प्रदान गरेका सम्पूणखोपहरु खोपतालिका अनुसार अनिवार्य लगाऔँ । खोपले बालबालिकाको रोग सङ्ग लड्ने क्षमता विकास गर्नुका साथै बालबालिकाहरुलाई तन्दुरुस्त बनाउनमा समेत मदत गरेको हुन्छ । बालबालिकाहरु बिरामी भएको खण्डमा आफुखुसी कहिल्यै पनि औषधी नखुवाई आधिकारिक स्वास्थ्य कर्मीको परामर्श लिएर मात्र औषधी सेबन गराऔँ ।


