२०८० मंसिरमा कैलालीको धनगढीमा एक घरबाट चोरी भयो। धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको एक घरबाट सुनका गरगहना ८ तोला, तीन लाख नगद, ४ तोला चाँदीका सामाग्री नै चोरी भयो।
पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको हो। सपरिवार पुजाका लागि डोटी गएका थिए। धनगढी स्थित घरमा पुग्दा चोरी भएको थाहा भएको थियो।
चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरगहना चोरेर लगेको थियो। जिल्लाका विभिन्न स्थानमा यसैगरी चोरीका घटना बढ्न थालेको स्थानीयको गुनासो छ।चालु आर्थिक वर्ष सुरु भएसँगै जिल्लामा चोरीका घटना एकपछि अर्को बढ्न थालेको छ।
पछिल्लो समय व्यक्तिका घर, सहकारी तथा सरकारी भवनमा चोरीका घटना हुने गरेको गुनासो बढ्न थालेको छ।
स्वस्थ्य निर्देशनालय दिपायल डोटी द्वारा जनहितमा जारी सन्देश
चिसो मौसममा बिशेष गरी बलबालिका र बृद्धहरुलाई स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले मौसम अनुसारको लुगा लगाउने गरौ । नेपाल सरकारले निशुल्क प्रदान गरेका सम्पूणखोपहरु खोपतालिका अनुसार अनिवार्य लगाऔँ । खोपले बालबालिकाको रोग सङ्ग लड्ने क्षमता विकास गर्नुका साथै बालबालिकाहरुलाई तन्दुरुस्त बनाउनमा समेत मदत गरेको हुन्छ । बालबालिकाहरु बिरामी भएको खण्डमा आफुखुसी कहिल्यै पनि औषधी नखुवाई आधिकारिक स्वास्थ्य कर्मीको परामर्श लिएर मात्र औषधी सेबन गराऔँ ।


