सत्ता गुम्ने निश्चित भएपछि देउवाले बोलाए पदाधिकारीको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् ।

राजनीतिक समीकरण मिलाउन एकलौटी प्रयास गरिरहेका उनले फेरि सत्ता गुम्ने निश्चित भएपछि समीक्षा गर्न पार्टीको बैठक बोलाएका छन् । १० बजेबाट बुढानिलकण्ठस्थित निवासमा बस्ने गरी बोलाइएको बैठकमा अहिले नेताहरु पुग्नेक्रम छ ।   सहमहामन्त्री जीवन परियारले सभापति देउवाले आकस्मिक बैठक बोलाएको बताए । ‘विषय त खुलेको छैन । तर यही राजनीतिक घटनाक्रमकै कुरा होला,’ उनले भने । अघिल्लो निर्वाचनअघि देखि नै माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेसले गत वर्ष पुसमा पनि गठबन्धनमा खटपट हुँदा अचानक सत्ताबाहिर पुगेको थियो ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...