हामीलाई दिएको फसल ।

यो पूर्ण रूपमा स्पष्ट छ कि हामीमध्ये धेरैले ढिला सुस्तिको उच्च मार्ग अपनाएका छौँ। हामीले परमेश्वरको सेवालाई हाम्रो जीवनमा लक्ष्य वा उद्देस्य बनायनौ तर पछाडि राख्यौं, बरु संसारिक सबै चीजलाई प्राथमिकतामा राख्यौं।

हो! हामी समस्याहरूको सामना गर्छौँ, चुनौतीहरू र कठिन परिस्थितिहरू आउनेछन्, जुन हामी आफैंले पार गर्न सक्दैनौँ। तर परमेश्वरको शक्ति र सामर्थ्यद्वारा हामी पार गर्न सक्छौं। तर यसले तपाईंलाई तपाईंको परमेश्वरको राज्यको निम्ति दिइएको जिम्मेवारीलाई पछि सार्ने अनुमति दिँदैन। यो एक पवित्र आदेश हो, जुन तपाई र मलाई दिएयको छ यो हाम्रो जीवनमा सक्रिय हुनुपर्छ।

हाम्रो जिम्मेवारी हरेक सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, र वर्ष हामीले एउटै मुख्य लक्ष्यतर्फ ध्यान दिनुपर्छ—अविश्वासीहरू, हराएका आत्माहरू, र अहिलेसम्म सुन्न नपाएका मानिसहरू।

म तपाईं सबै बिस्वासी अनि अगुवाहरूलाई स्मरण गराउन चाहन्छु कि तपाईंको “लक्ष्य” शत्रु होइन। शैतान त केवल तपाइको बाटोमा आउने एउटा अवरोध मात्र हो। हाम्रा प्रभु येशू ख्रीष्टले उसलाई कलवरीको क्रूसमा पराजित गर्नुभयो। त्यसकारण, हामीले शैतानसंग डराउनु पर्दैन।

होइन! होइन! होइन! हामी नियमित रुपमा उनीहरु पर्ति लक्षित हुनु पर्छ जसले अहिलेसम्म प्रभु येशू ख्रीष्टको सुसमाचार सुनेका छैनन्। तिनीहरू नै हाम्रा प्राथमिक लक्ष्यहरू हुन्। हामी पराजयका लागि होइन, तर मुक्ति दिलाउनका लागि अगाडि बढ्नु पर्छ । हामीले राम्रोसँग लक्ष्य निर्धारण गर्नुपर्छ र छुटाउनु हुँदैन। यदि हामीले मुख्य लक्ष्यतर्फ केन्द्रित गरेनौं भने, हामीले हाम्रो “राज्यको आज्ञामा ” असफल हुनेछौ।

तपाईं कसरी परमेश्वरको राज्यमा १००% उत्कृष्ट काम गर्दै हुनुहुन्छ भनेर भन्न सक्नुहुन्छ, यदि तपाईंले आफ्नो सेवाको “मुख्य मूल्य र मान्यता ” गुमाइरहनुभएको छ भने?

अब जब महान फसल काट्ने समय आएको छ, हामी किन अल्छी गरिरहेका छौँ र विलम्ब गरिरहेका छौँ? १००% छुटाउनु भनेको तपाईंको जीवन र बोलावटमा गम्भीर प्रभाव पार्नु हो। यसको नतिजा गम्भीर हुनेछ। त्यसकारण, म तपाईं सबै सेवकहरूलाई परमेश्वरको दया अनुरोध गर्दै यो अल्छि र ढिला सुस्तिको बानी तत्काल छोडेर र आफ्नो बोलावटलाई जोश र उमंगका साथ पूरा गर्न आग्रह गर्दछु। तपाईंको प्राथमिक लक्ष्यलाई सही रूपमा केन्द्रित गर्नुहोस्!

dcs 1
Damu 1
dandako khbar 1
Loading...