प्रियहरू
हाम्रो जीवनमा सबै कुराहरू चलायमान हुनुका लागि डिजाइन गरिएका छन्। सृष्टिकर्ता परमेश्वरले सम्पूर्ण सृष्टि आफ्ना विशेष योजना र ढाँचामा बनाउनु भएको हो। पृथ्वी, आकाशगंगा, पानी, जनावरहरू, चराहरू, किराहरू र माछाहरू सबै चलिरहेको देखिन्छ। यी सबैले प्रकट गर्छन् कि परमेश्वर स्वयं गतिशील हुनुहुन्छ। येशू र पवित्र आत्माको सहकार्यमा, उहाँ चलायमान परमेश्वर हुनुहुन्छ।

शब्दहरूको चलायमानता:
मनोविज्ञानको दृष्टिले, शब्दहरू पनि चलायमान हुन डिजाइन गरिएका छन्। ती सत्य र झूटमा विभाजित हुन्छन्। येशूले आफैँलाई “सत्य” भन्नु भयो। १ यूहन्ना ४:४ अनुसार, जब हामीले बुझ्छौं कि येशू, जो महान हुनुहुन्छ, हामीभित्र बस्नुहुन्छ, तब हामी उहाँकै गतिमा चल्छौं। बिस्वासीहरूका रूपमा, यदि हामी स्थिर छैनौं भने, हामीले नेतृत्व गर्ने मानिसहरू पनि स्थिर हुने छैनन्। सत्यले हामीलाई परमेश्वरमा नयाँ स्तर र उचाइहरूमा लैजान्छ।
झूट र सत्यको संघर्ष:
झूटले सधैँ सत्यसँग प्रतिस्पर्धा गरिरहेको छ, तर सत्यलाई झूटसँग प्रतिस्पर्धा गर्न आवश्यक पर्दैन। झूट प्रभावकारी हुन सक्छ, तर यो स्थायी हुँदैन। झूटले प्रभाव पार्नुका कारण तिनलाई विश्वास गर्नेहरूबाट प्राप्त भएको गति हो।
“झूट संसारको आधा यात्रा गरिसक्छ, तर सत्यले सोही यात्रा गर्नका लागि आफ्ना जुत्ता लगाउँदै हुन्छ।”
२ तीमोथी २:१५ को महत्व:
हाम्रो पाठले स्पष्ट रुपमा देखाउँछ कि हाम्रो परमेश्वर-प्रदत्त सेवाका लागि हामीलाई सत्यलाई कुशलतापूर्वक व्यवस्थापन गर्न आवश्यक छ। सेवाका लागि हाम्रो मुख्य स्रोत परमेश्वरको वचन हो। येशू नै वचन हुनुहुन्छ। त्यसैले, सत्यलाई सही ढंगले सम्हाल्न हामीले सचेत हुनुपर्छ।
अदनको बगैँचामा हब्बाले परमेश्वरबाट दिइएको सत्यलाई सम्हाल्न असफल भइन्। उनले सत्यमा शङ्का गर्दै झूटलाई स्थान दिइन्। आज संसारमा झूट तीव्र गतिमा फैलिरहेको छ। यसले हाम्रो जीवन र मण्डलीहरूलाई समेत प्रभावित गरेको छ। हामीसँग यो झूटको गतिलाई अहिले नै न्यूनीकरण गर्ने जिम्मेवारी छ।
परमेश्वरको सत्यले पृथ्वीमा फैलिएको प्रत्येक झूटलाई जित्न सक्छ। हामीसँग पवित्र आत्माद्वारा येशूले दिनुभएको शक्ति छ।
प्रार्थना:
“हे पिता, मेरो जीवनलाई सत्यले भरिदिनुभएकोमा धन्यवाद। म यो सत्यलाई पूर्णरूपमा ग्रहण गर्छु। मेरो प्रार्थना छ कि मण्डली र ख्रीष्टियन समुदायले पनि यसैगरी सत्यलाई अंगीकार गरून्। आमेन ।”


