हाम्रो सरणस्थान र बल को हुनुहुन्छ ।

हामीलाई जान्न जरुरी छ।

शरिरको लागि दिईएको भोजन

प्रिय परमेश्वरका जनहरू,

जब परमेश्वरले हामीलाई बोलाउँनुहुन्छ , उहाँ हाम्रो मनोरञ्जनको लागि बोलाउनुहुन्न। उहाँको बोलावट एउटा प्याकेज लिएर आउँछ। यो प्याकेजमा शरीरको मृत्यु, परीक्षाहरू, क्लेशहरू, कम्पनहरू, हलचलहरू, तनाव र आँसुहरू समावेश छन्। यदि यी सबै कुराबाट प्रभु येशू पार हुनुभयो भने, हामी पनि यसबाट मुक्त हुन सक्दैनौं।

येशू मानिस भएर पृथ्वीमा आउनुभयो, त्यसैले हामी पनि आफूलाई त्यस्तै ठान्नुपर्छ। हाम्रो आत्माको शत्रुले कहिल्यै हामीलाई शान्तिसँग परमेश्वरको राज्यको काम गर्न दिँदैन। शैतान हाम्रो सेवाको अवरोधकर्ता र हाम्रो काममा अवरोध ल्याउने व्यक्ति हो।

तर हाम्रा लागि परीक्षाहरू अचम्मको कुरा होइन। यी परीक्षाले हाम्रो विश्वासलाई बलियो बनाउन र परमेश्वरमाथि निर्भर रहन सिकाउँछन्। बाइबल भन्छ, “परमेश्वर हाम्रो शरण र बल हुनुहुन्छ, उहाँ हाम्रो संकटमा सधैंको सहायक हुनुहुन्छ।” (भजन ४६:१)

तपाईंको इच्छा अब पूरा हुनेछ ।
https://dcsem.org

प्रियहर,

यदि समस्याहरू नआउने हो भने, तपाईँसँग बल हुने थिएन। परमेश्वरले तपाईंलाई तोड्नुभएको होइन; उहाँ तपाईंलाई निर्माण गरिरहनु भएको छ। उहाँले परीक्षाहरूको माध्यमबाट हाम्रो विश्वासलाई बढाउन, हामीलाई आफूतिर तान्न र अरूलाई देखाउने गवाही दिनको लागि प्रयोग गर्नुहुन्छ।

यसकारण, सेवाको क्रममा निराश नहुनुहोस्। यूहन्ना १६:३३ हामीलाई आश्वासन दिन्छ: “तिमीहरूले संसारमा क्लेश पाउनेछौ; तर ढुक्क होऊ, म संसारलाई जितिसकेको छु।” यसले हामीलाई बल दिन्छ कि परीक्षाको समयमा पनि हामीसँग येशू हुनुहुन्छ।

https://dcsem.org
https://dcsem.org

हाम्रो सेवा कहिल्यै बन्द नगरौँ, बरु सधैं सक्रिय राखौँ। हामी मानिसहरूका लागि होइन, परमेश्वरका लागि सेवा गर्छौं। उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, जसको वचन “हो र आमेन” हो (२ कोरिन्थी १:२०)। त्यसैले उहाँमाथि शङ्का नगरौँ, किनकि उहाँ हाम्रो शरण र बल हुनुहुन्छ।

प्रश्न: जब शत्रुको आक्रमण आउँछ, हामी के गर्ने? हाम्रो राज्यको काम कसरी अगाडि बढाउने?
उत्तर: जब हामी परीक्षाबाट गुज्रन्छौं, परमेश्वरको सार्वभौमिकता हाम्रो टाउको अड्याउने तकिया हो।फोटो फिचर

dcs 1
Damu 1
dandako khbar 1
Loading...