
प्रिय बिस्वासीजनहरु,
हामी हाम्रो राज्यको जिम्मेवारी पूरा गर्न असमर्थ छौं, किनभने हामी पवित्र आत्मालाई हाम्रो मार्गदर्शन गर्न अनुमति दिन्दैनौं। हामी संसारका प्रणालीहरूलाई हामीलाई मार्गदर्शन गर्न अनुमति दिन्छौं। यस्तो सोच र प्रक्रिया परमेश्वरबाट होइन। संसारले वचनलाई नियन्त्रण गर्न असम्भव छ, किनभने वचन भनेको येशू ख्रीष्ट हहुनुन्छ । तपाईंलाई दिएको सेवकाई परमेश्वरबाट आएको छ। उहाँले संसारको दुष्टताबाट आफ्नो सन्तानहरूलाई बचाउन चाहनुहुन्छ। त्यसैले, उहाँले आफ्नो उद्देश्य पूरा गर्न सबै नक्सा, ढाँचा, र योजना पवित्र आत्माको मार्गदर्शनद्वारा हामीलाई दिएका छन्। तर, हामी परमेश्वरको काम गर्न संसारका तरिका र मापदण्ड पछ्याउँछौं। यसकारण, हामीले राज्यको प्रगतिमा ढिलाइ गरेका छौं।
हामी स्वीकार्नुपर्छ कि संसारको वैज्ञानिक शक्तिले हाम्रो आत्मिक शक्तिलाई पार गरिसकेको छ।
हाम्रो पाठ, यूहन्ना १६:१३, अगुवाहरूका लागि पवित्र आत्माद्वारा मार्गदर्शन पाउन आवश्यक पाठ हो। संसारले मार्गदर्शन प्रविधिमा धेरै अगाडि बढिसकेको छ, तर मण्डली यसमा धेरै पछि परेको छ। हामी अगाडि हुनुपर्ने हो, किनभने हामीसँग सेवकाईमा मार्गदर्शन गर्न पवित्र आत्मा हुनुहुन्छ। तर होइन, संसारले हामीलाई उछिनिसकेको छ। उनीहरूले प्रविधिमा यति सटीकता ल्याएका छन्, तर हामी राज्यको प्रगतिको सट्टा पछि हटिरहेका छौं।
यस समस्याको समाधान के हो? उत्तर भनेको पद्धति हो। हामी पवित्र आत्माद्वारा मार्गदर्शन हुन असफल भएका छौं। यसको सट्टा, हामी मानिसको आवाजद्वारा निर्देशित र मार्गदर्शन भैरहेका छौं। यो सेवकाई उहाँको हो, हाम्रो होइन। त्यसैले, हामीले हरेक समय पवित्र आत्मालाई मार्गदर्शन गर्न र नेतृत्व गर्न दिनुपर्छ।


