हाम्रो राज्यको जिम्मेवारी (Kingdom Assignment) पूरा गर्दा हामीले आनन्द र दुख दुबै अनुभव गरेका छौं। हो! आत्माहरू ले उद्धार पाउदा हाम्रा हृदयहरू आनन्दित भए, तर मानिसहरूले प्रतिरोध गर्दा दुखित पनि भयौं। जसले हाम्रो प्रचार सुने र स्वीकारे, उनीहरूले हर्षपूर्वक आफ्नो हृदय येशूलाई सुम्पे। तर जसले यो महत्त्वपूर्ण सुसमाचार सुने, तिनीहरूले हामीलाई अस्वीकार गरे, धम्क्याए, निन्दा गरे र मजाक उडाए।
तर, हाम्रा जिम्मेवारीहरू कहिल्यै निस्क्रिय हुन सक्दैनन्। हामीले प्रभु येशू फर्किनुहुँदासम्म अथवा उहाँले हामीलाई बोलाउनुहुने दिनसम्म, यो राज्यको काम निरन्तर गर्नैपर्छ। प्रियजनहरु, कहिल्यै हार नमान्नुहोस्, न त पछि हट्नुहोस्, न त सुस्त हुनुहोस्। यो जीवनको सबैभन्दा ठूलो परीक्षा हो। यदि तपाईंले यो परीक्षा पास गर्नुभयो भने, तपाईंको लागि स्वर्गमा महान प्रतिफल छ!
हो! सत्य यो हो कि आत्माहरूको खेतबारी (Harvest Field) चुनौतीपूर्ण छ, नतिजाहरू ढिलो आउँछन्। तर हामीलाई परिश्रम गर्न छाड्नु हुँदैन। तपाईं एक्लो हुनुहुन्न, परमेश्वर निश्चय नै तपाईं संग हुनुहुन्छ।
यस खेतबारीमा हामी विभिन्न धर्म, भाषा र छालाको रंग भएका मानिसहरूलाई भेट्छौं। तर पादरीहरू, हामीले उनीहरूलाई येशू ख्रीष्ट मात्र प्रस्तुत गर्नुपर्छ, जो एकमात्र मुक्तिदाता हुनुहुन्छ।

मत्ती २८:१८-२० ले हामीलाई हाम्रो राज्यको जिम्मेवारी निरन्तर सम्झाइरहेको छ। त्यसैले हामीसँग यो काम नगर्न कुनै बहाना छैन। अब विलम्ब नगरी अघि बढौं, परमेश्वरको सामर्थ्यलाई यस संसारमा प्रकट गरौं। परमेश्वरले तपाईं र मलाई यसको लागि चुननु भएको छ। आउनुहोस्, आजै सुरू गरौं, पछि नगरौ !


