कञ्चनपुरमा बस दुर्घटना, २९ जना घाइते

कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना भएको छ।

दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन्। २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए। घाइतेहरुलाई उपचारका लागि अत्तरिया पठाइएको उनले बताए।

घटनाको विषयमा विस्तृत विवरण आउन भने बाँकी नै छ।  कैलालीको धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव) को कार्यक्रममा सहभागि भएर महेन्द्रनगर फर्कदै गर्दा बस दुर्घटना भएको हो।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...