मंसिर १२ गते बिहान मृत अवस्थामा भेटिएका दिपायल सिलगढी नगरपालिका-५ पुन्ना ३० वर्षीय युवा समीर भट्टको एक महिनापछि अन्तिम संस्कार भएको छ ।
मष्टा गाउँपालिका बझाङ्ग द्वारा जारी सन्देश
मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किए घरतिर गएका समिरको भोलीपल्ट गाउँ नजिकै सडक छेउमा शव भेटिएको थियो । समिरको हत्या भएको भन्दै आफ्नहरुको शव बुझ्न मानेका थिएनन् । घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन दवाव दिने भन्दै शव बुझेका थिएनन् ।
बुधबार जिल्ला अदालत डोटीले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि बिहीबार आफन्तहरुले शव बुझेर दाह संस्कार गरेका छन् ।


