३० मंसिर आईतवार । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहने छ । देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिनभर र राति मौसम सफा रहने छ ।
बिहान तराई तथा उपत्यका धेरै भागमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन कष्टकर , यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सबैले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
आज, काठमाडौं उपत्यकामा हिजोको बिहानको तुलनामा आज चिसो केही घटेको छ । शनिबार काठमाडौंको तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज आईतवार बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ ।
आज काठमाडौ उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज काठमाडौंमा सूर्योदय ६ः४७ मा तथा सूर्यास्त ५ः१११ मा हुनेछ ।


