क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

प्यूठान / पुस ०६ बिजुवार सु-समाचार चर्च आयोजनामा आउदै गरेको ख्रिष्ट्रमस तथा नयाँ बर्ष २०२५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्युठान नगरपालिका -४ स्थित रहेको बिजुवार सुसमाचार चर्च आयोजना गरिएको कार्यक्रममा प्रमुख अथिति प्युठान नगरपालिका प्रवक्ता एवम् वडा न ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठ , विशिष्ट अतिथिमा वडा अध्यक्ष रेशम कार्की ,नेत्र केसी र अतिथिहरुमा शाखा चर्च नारिकोट सुसमाचार चर्च का पा.पुरन रसाईलि, मर्काबाङ्ग सुसमाचार चर्च का पा.झयलाल सुनार,धगे सुसमाचार चर्च का पा.पुर्ण के सी ,चुर्जा सुसमाचार चर्च का पा.पिटर नेपाली ,तुषारा सुसमाचार चर्च का अगुवा बसन्त थापा साथै पत्रकार महासंघ जिल्ला शाखा प्युठान का स-सचिव शसिधर भण्डारी ,पत्रकार मधुसूदन पोख्रेल ,पत्रकार हेमन्त पाठक उपस्थित रहेको थियोे ।

https://dcsem.org
Hari Prasad Regmi
शुभकामना कार्यक्रममा चर्चले २७ वृद्ध हरुलाई थरमस,२०० बालबालिकाहरूलाई स्टेसनरी सामान वितरण गरिएको । चर्च का पाष्टर देवुगिरिले बताउनु भएको छ । प्रमुख अतिथि सुमनराज श्रेष्ठले संविधान मा राज्यले धर्म निरपेक्ष सुनिश्चित गरेको नगरपालिकाले सबै धर्म समुदायलाई सम्मानजनक व्यवहार गरेको बताउनु भएको छ। श्रेष्ठले कार्यक्रममा चर्च रहेको विपन्न परिवारको ६ बालबालिकाहरुलाई झोला हस्तान्तरण गर्दै आउदै गरेको ख्रिष्टमसको सबैलाई शुभकामना दिनु भएको छ । कार्यक्रम वचन बाट पा.देवु गिरि ले क्रिसमसको शुभकामना प्रचार गर्नु भएको थियो ।कार्यक्रम सञ्चालन अगुवा उमेश गहतराजले गर्नु भएको थियो । संसारभर मनाईने खिष्ट्रमस यहि पौष १० गते डिसेम्बर २५ का दिन नजिकिए सगै देशभर विभिन्न चर्चहरु मा कार्यक्रमहरु आयोजना गदै आएको छ।संसारमा मुक्तिदाताको रुपमा जन्मनु भएको येशु को जन्म उत्सव मनाउँदै सबैले उपहार साटासाट गरि आपसी मिलाप गर्दै ।क्रिसमस को शुभकामना आदानप्रदान गरि सम्पन्न गरिन्छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...