
बुटवल ख्रिष्ट्रियन समाजको आयोजनामा क्रिसमस को पुर्व सन्ध्यामा पौष ६ गते क्रिसमस शुभकामना शान्ति र्याली सम्पन्न भएको छ । बुटवल चौराह बाट सुरु गरिएको र्याली राजमार्ग हुदै बाल मन्दिरमा पुगि शुभकामना आदानप्रदान साँस्कृतिक कार्यक्रम समेत गरेको छ । बुटवल ईसाइ समाजका अध्यक्ष विजय गौतम को अध्यक्षता सुरु भएको कार्यक्रम को प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दिल कुमारी बुढा रहनु भएको थियो । अतिथि हरुमा नेपाल ख्रिष्ट्रियन समाज लुम्बिनी प्रदेश अध्यक्ष पा.बाबुराम बस्नेत नेकपा एमाले जिल्ला समिति रुपन्देही उप सचिव बाबुराम पन्थी , रुपन्देही इसाई समाज अध्यक्ष पाष्टर सुरज थापा , रहनु भएको थियो ।कार्यक्रम मा पा.मनोहर पाठकले क्रिसमस शुभकामना वचन बाड्नु भएको थियो भने ।कार्यक्रम को सञ्चालन पा.माधवप्रसाद न्यौपानेले गर्नुभएको थियो ।


