कैलालीको फल्टुडेबाट कस्तुरीको बिना सहित एक जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी महेन्द्रनगरको अनुसन्धानको टोलीले बिहिबार कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ बस्ने दानबहादुर विकलाई २ थान कस्तुरीको बिना सहित पक्राउ गरेको हो ।
प्रहरी नायब निरीक्षक सुशील चन्दको नेतृत्वमा खटिएको साधा पोसाकको प्रहरी टोलीले पक्राउ गरेका विकबाट दुई पिस कस्तुरी बरामद गरेको जनाइएको छ ।


