ठेकेदारको लापर्वाहीले बझाङ्गमा मोटरेवल पुल अलपत्र dandakokhabar.com

 

 

बझाङ्ग ,बझाङको सेतीलोक मार्गको खप्तडछान्ना गाउँपालिकाकामा बन्न लागेका दुई वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ ।

निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण खप्तडछान्ना-१ कुचेखोला (कालिपछाई) र खप्तडछान्ना-७ ग

    No description available.  पूर्वाधार विकास कार्यालय डडेल्धुरा द्वारा जारी सन्देश No description available.

डरायमा निर्माण हुन लागेको पक्कीपुलको निर्माण कार्य अलपत्र परेको हो।२०७५ सालमा टेन्डर भएर काम सुरु गरेका निर्माण कम्पनीको लापरबाहीका कारण पुलको निर्माण कार्य अलपत्र परेका स्थानीयको गुनासो छ ।खप्तडछान्ना गाउँपालिका-७ मा पर्ने विजाडी गाडमा बन्न लागेको पक्की पुलको काम अन्तिम चरणमा भएपनि ठेकेदारले निर्माण कार्य नसक्दै स्थानीय बासिन्दाका पैसा खाएर फरार भएपछि निर्माण कार्य अलपत्र पर्नुका साथै स्थानीयको झण्डै ७० लाख पैसा समेत डुबेको छ ।

पक्की पुलमा काम गर्ने स्थानीय मजदुरहरूले समेत अहिलेसम्म आफूले काम गरेको ज्याला पाएका छैनन् भने ठेकेदारले नगद पैसा समेत लिएर फरार भएपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीय ज्ञान बहादुर रोकायाले भने, “यहाँका स्थानीय मजदुरहरूले अहिलेसम्म मजदुरी गरेको ज्याला पाएका छैनन् । गिट्टी कुटेको, बालुवा बोकेको, बिहान बेलुका खाईनखाई मजदुरी गरेकाहरू कसैले पनि ५ वर्ष बितिसक्दासम्म ज्याला समेत पाएका छैनन् । ठेकेदारले काम चलाउनका लागि भन्दै स्थानीयबाट लिएको नगद रकम समेत लिएर सम्पर्कविहीन भएकाले यहाँका स्थानीय समस्यामा परेका छन्” ।

स्थानीय मजदुरको रकम असुल गर्न र पुल सञ्चालनका लागि विभिन्न निकायमा धाएको भएपनि ठेकेदार सम्पर्कमा नआएको उनको भनाइ छ । पुल निर्माणका लागी अमर कन्स्ट्रक्सले जिम्मा पाएको थियो ।

  • आफू जिम्मेवार भएर बाजुराको बुढीगंगाबाट बालुवा र गिट्टी ओसारेको ट्याक्टरको झण्डै तीन लाख र आफ्नो ट्रकबाट धनगढीदेखि सामान ओसारेको झण्डै १२ लाख आफूले लिन बाँकी रहेको स्थानीय वीरबहादुर रोकायाले भने, “आफ्नै पैसा असुल्न बाँकी छ । आफू जिम्मेवारी भएर ल्याएका ट्याक्टर साहुहरूको ३ लाख कसरी तिर्ने ? नभए मलाई त्यहाँका स्थानीयले खबरदारी गर्दै आएका छन् । यता ठेकेदार र साइट हेर्ने व्यक्तिलाई सम्पर्क गर्दा सम्पर्कविहीन बनेका छन् । पुल समेत पूर्ण भएको छैन । काम गर्न अझै बाँकी छ । तर ठेकेदार सम्पर्कमा नै नआएकोले आफू समस्यामा परेको छु ।”No description available.

२०७८ मा पुलको ढलान बाढीले बगाएका कारण काम ढिलो भएको र आफूले काम गर्न खटाएको प्रतिनिधिले स्थानीयबाट रकम लिएर भागेका अमर कन्स्ट्रक्सनका सञ्चालक भद्र शाहीले बताए । उनले भने, “०७८ सालमै काम सकिने थियो, बाढीले ढलान बगाइदियो । त्यसपछि कार्यालय (सेती लोकमार्ग) ले ठेक्काको म्याद थप्ने कुरामा समस्या गरेकाले ढिलोभयो । त्यही बिचमा काम गर्न पठाएको मान्छेले पैसा खाएर भागेछ । सबै समस्या एकैपटक परेकाले काम त्यस्तो भएको हो ।” उनले आफूले कार्यालयबाट १ करोड ९० लाख मात्रै भुक्तानी पाएको बताउँदै अहिले म्याद थपको प्रक्रिया अघि बढेको र केही दिनभित्रै काम सुरु हुने बताए ।

 

No description available.

यस्तै, खप्तडछान्ना गाउँपालिका-१ र २ मा निर्माण हुन लागेको कालिपछाईको पक्की पुल निर्माण पनि अलपत्र अवस्थामा छ । निर्माणको गर्ने जिम्मा ‘रायमाझी द क्यारावान’ निर्माण सेवाले ५ करोडमा पाएको थियो । २०७५ सालमा पाएको ठेक्का हाल ५ वर्षसम्म जम्मा ४० प्रतिशत मात्रै काम अलपत्र पारेको छ ।

२०७८ साल कात्तिकमा आएको बाढीले उक्त पुलको निर्माणस्थल नै बगाएर तहस नहस पारेको थियो । त्यो बेलादेखि ठेकदार कम्पनीका व्यक्तिहरूले सम्पर्कविहीन अवस्थामा रहेको यहाँका स्थानीयको गुनासो छ । अहिले पनि खोला एकातिर र निर्माणाधीन पक्की पुल अर्कोतिर अलपत्र अवस्थामा छ । उक्त पुलको काम गर्न पनि निकै कठिन छ । यता गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले सेती लोगमार्गका कार्यालय प्रमुखसँग सम्पर्क गरेर मजदुरको रकम असुली, पक्की पुल अलपत्र परेको विषयमा पटक-पटक मौखिक र लिखित रूपमा सरोकार राख्ने निकायहरूलाई जानकारी गराउँदै आएको भएपनि कुनै सुनुवाई नभएको बताए ।

पालिकालाई नियमन गर्ने कुनैपनि कानुनी अधिकार नभएको बताउँदै उनले हामीले काम गर्ने वातावरण बनाई दिनका लागि तयार छौँ र सरोकारवाला निकायलाई बारम्बार ताकेता गरेको समेत बताए  ।

यस्तै, सेती लोगमार्ग अन्तर्गत (चैनपुर ताक्लाकोट सडक आयोजना ) कार्यालय प्रमुख तुलाराम शर्माले दुवै पुलको निर्माण कार्य केही दिनमा सुरु हुने बताए । उनले आफूलाई आर्थिक अधिकार समेत नआएकाले केही समस्या भएको र आफूले यी दुवै पुलका ठेकेदार कम्पनीसँग सम्पर्क गरी एक हप्ताभित्र काम गर्नेगरी तयारी रहेको बताए । यसै आर्थिक वर्षभित्र दुवै पुलको निर्माण कार्य समेत सम्पन्न गरिने समेत उनको भनाइ छ । -गोरखापत्रबाट

dcs 1
Damu 1
dandako khbar 1
Loading...