अभियुक्तहरु पुर्पक्षका लागि थुनामा पठाए पछि एक महिना अघिको शवको अनत्यष्टि

मंसिर १२ गते बिहान मृत अवस्थामा भेटिएका दिपायल सिलगढी नगरपालिका-५ पुन्ना ३० वर्षीय युवा समीर भट्टको एक महिनापछि अन्तिम संस्कार भएको छ ।

                                                                        मष्टा गाउँपालिका बझाङ्ग द्वारा जारी सन्देश

No description available.मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किए घरतिर गएका समिरको भोलीपल्ट गाउँ नजिकै सडक छेउमा शव भेटिएको थियो । समिरको हत्या भएको भन्दै आफ्नहरुको शव बुझ्न मानेका थिएनन् । घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन दवाव दिने भन्दै शव बुझेका थिएनन् ।

बुधबार जिल्ला अदालत डोटीले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि बिहीबार आफन्तहरुले शव बुझेर दाह संस्कार गरेका छन् ।

आफन्तहरुको किटानी जाहेरीका आधारमा प्रहरीले मंसिर १३ गते दिपायल सिगढी नगरपालिका–५ का राम बिष्ट, देवराज बिष्ट र लक्ष्मण बिष्टलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो । मृतक समीरको शव सडकको किनारमा आधा कपडा खोलिएको अवस्थामा भेटिएको थियो ।

 

 

                                                                                                                                                        

 

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...