बाजुरा : गौमुल गाउँपालिकाको केन्द्र नजिकै जीप दुर्घटना भएको छ । बिहीबार राति ११ बजे घट्मुनाबाट सियाढुङ्गगा जाने क्रममा मालिबनमा जीप दुर्घटनामा परेको हो ।
जोरायल गाउँपालिका द्वारा जारी सन्देश
जीप दुर्घटनामा चालक खप्तड छेडेदह गाउँपालिका–६ मैतोला स्थायी घर भएका देवेन्द्र नाथको मृत्यु भएको आफन्त राम नाथले बताएका छन् ।जीप एकाएक बुढीगंगा नदीमा खसेको हो । जीप चालक लगायत दुई जना सवार रहेका थिए । जय मालिका यातायात प्रा.लि.का गौमुल गाउँपालिका काउन्टर ईन्चार्ज मदन रोकाया घाईते भएका छन् ।


