डोटीमा जीपबाट खसेर एक प्रहरी घाइते

 

 

डोटीको बुढाबाँजमा जीपबाट खसेर नेपाल प्रहरीका एक जना सहायक हवल्दार घाइते भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका १ बुढाबाँजमा सहायक हवल्दार गम्भीर सिं साहु जीपबाट खसेका हुन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिका २ रोल्लीका गम्भीर सिं साहुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । शनिवार अपराह्न साहु जीपको पछाडिबाट सडकमा खसेको बताइएको छ । उनी जिल्ला सदरमुकाम सिलगढीबाट १५ जना बोकेर पूर्वीचौकी साझघाट जाँदै गरेको से १ ज ७७३ नम्बरको जीपबाट खसेका हुन् ।

जीपमा अन्य १४ जना सवार सकुशल रहेका छन् । जीप चालक पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका उदय सिं नेगीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिए । चालकले मादक पदार्थ सेवन गरेर जीप चलाएको पाइएकाले घटनाबारे थप अनुसन्धान भइरहेको श्रीवास्तवले जानकारी दिएका छन्

dcs 1
Damu 1
dandako khbar 1
Loading...