बझाङ – बझाङमा जेसीबी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गको जयपृथ्वी नगरपालिका वडा नम्बर ९ को सिमखेतमा जयपृथ्वी नगरपालिकाको जेसिबी दुर्घटना हुदाँ चालकको मृत्यु भएको हो
बस पार्क बाट नगरपालिकाको कार्यालय जादै गरेको सु.प.प्र २४५३ नम्बरको जेसिबी सिमखेत नजिक दुर्घटना भएर २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।प्रहरीका अनुसार जेसिबी चालकको सिटमुनी च्यापीएर घटनास्थलमैं मृत्यु भएको थियो । मृतक कठायतको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ ।
जेसिबी दुर्घटनामा परी बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का ३० बर्षीया प्रकाश कठायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दिपेश चौधरीले बताउनु भएको छ ।
राति ९ः ५ बजे स्थानीयले जिल्ला प्रहरी कार्यालयमा जेसिबी दुर्घटना भएको खबर प्रहरी लाई गराएपछि तत्कालै प्रहरी निरिक्षक दिपेश चौधरीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा गएको थियो ।


