डडेल्धुरामा एक पुरुष मृत फेला

 

 

डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका- ८ मा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन्।No description available.

मृत फेला पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका-३ का ३५ वर्षीय नरेश नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका  प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।

नायकका अनुसार बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिइएको छ।

नाथ लामो समयदेखि डडेल्धुरामा  बस्दै आएका थिए। उनकी श्रीमती मानसिक सन्तुलन ठिक नभएको बताइएको छ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...