कञ्चनपुरमा युवतीको हत्या

कञ्चनपुर – कञ्चनपुरमा एक युवतीको हत्या आरोपमा प्रहरीली एक जनालाई पक्राउ गरेको छ ।No description available.

जिल्लाको भिमदत्त नगरपालिका -१८ खैरभट्टिमा मृत फेला परेकी पुर्नवास नगरपालिका – ६ बस्ने २२ वर्षीय लक्ष्मी खड्काको हत्या आरोपमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यालयका डिएसपी प्रकाश डागीले बताए ।

पकाउ पर्नेमा हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका -४ बस्ने भेषराज शाही हुन ।

खड्का विहिवार खैरभट्टी स्थित नन्दा देवि जोशीको घरमा मृत फेला परेकी थिइन ।

डिएसपी डागीका अनुसार शाही जोशीको घर रेखदेखको काम गर्थे । फोनद्वारा चिनजानमा आएकि खड्का ४ दिन अघि घरबाट शाही संगै भागेर आएकी थिइन ।

मृतक खड्का परिवारले बलात्कार पछि हत्या गरेको हुन सक्ने आसन्का गर्दै शाही विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...