धनगढीः कैलालीमा चोरहरुको बिगबिगी बढेको छ। सहरी क्षेत्र हुँदै ग्रामीण भेगसम्मै चोरी हुनेक्रम बढेको छ।
पौष २० गते चोरहरुले दुई घरबाट साढे ९ तोला सुन, ४६ हजार नगद र चाँदीका गरगहना समेत चोरी गरेको पीडितले गुनासो गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आफ्नो घरबाट तीन तोला सुन, ४२ हजार नगद र ५ तोला चाँदी चोरी भएको तीर्थराज न्यौपानेले बताएका छन्।
यही पौष २० गते रातिको समयमा गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमालास्थित प्रकाश थापाको घरबाट साढे ६ तोला सुन र नगद चोरी भएको हो।
स्वास्थ्य कार्यालय डोटी द्वारा जारी सन्देश
चिसो मौसममा बिशेष गरी बलबालिका र बृद्धहरुलाई स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले मौसम अनुसारको लुगा लगाउने गरौ । नेपाल सरकारले निशुल्क प्रदान गरेका सम्पूणखोपहरु खोपतालिका अनुसार अनिवार्य लगाऔँ । खोपले बालबालिकाको रोग सङ्ग लड्ने क्षमता विकास गर्नुका साथै बालबालिकाहरुलाई तन्दुरुस्त बनाउनमा समेत मदत गरेको हुन्छ । बालबालिकाहरु बिरामी भएको खण्डमा आफुखुसी कहिल्यै पनि औषधी नखुवाई आधिकारिक स्वास्थ्य कर्मीको परामर्श लिएर मात्र औषधी सेबन गराऔँ ।


