डबलबहादुर भाट
माघी पर्व मनाएकाे म जन्मेको गाउँमा ।
घरपरिवारमा रमाएकाे मुणा पाेलेकाे ठाउँमा ।
पुतली खेल बेउला बेउली त्यो पनि भएको ।
संस्कृतीलाई बचाउन म गाउँमा गएको ।।
सकलगन्ज गतान डुबका तरुल खाएको ।
बाचे पछि सबैसित भेट हुन पाएकाे ।।
चाडपर्व पहाडै राम्रो सब पहाडै आउनु ।
बाडिचुडि खाने चलन तराई कहाँ पाउनु ।।


