बझाङ्गको मष्टा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद सुवेदी

रामबहादुर देउबा ,बझाङ्ग. बझाङ्गको मष्टा गाउँपालिकामा नया प्रमुख प्रशासकीय अधिकृत आएका छन । उक्त पालिकामा यो भन्दा अगाडी अमरबहादुर जेठाराले प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरीरहनु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत जेठाराको उमेर हदका कारण अनिवार्य अवकास भए पछि उक्त पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको थिायो ।

गाउँपालिकामा आयोजना गरिएको एक विशेष कार्यक्रमका बीच प्रमुख प्रशासकीय अधिकृतहरिप्रसाद सुवेदीलाई मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराद्वारा स्वागत गरिएको छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...