जाडोको समयमा हिमाली भूभागमा हिउ पर्ने भएका कारण जाडो छल्नका लागि भेडाच्याङ्ग्रा बेसी तिर झर्न थालेका छन् ।
हिउ परेको स्थानमा भेडालाई चर्नका लागि घाँस नपाइने र बस्न समेत असजिलो हुने भएका कारण बझाङ्ग जिल्लाका भेडा व्यवसायीहरु अहिले डोटी जिल्लाका विभिन्न भुभागमा भेडीबाख्राहरु सहीत सब परिवारहरु वसाई सरेर आएका छन । प्रायः गरी बझाङ्ग जिल्लाको सैपाल गाउँपालिकामा बस्ने भेडा व्यवसायीहरु नै जाडो छल्न आउने गरेका छन ।
विस्तारै जाडो हट्न थाले पछि आफ्नै थातथलो तिर भेडी बाख्रा सहीत सब परिवार उतै जाने गर्दछन भने चिसोको मौसममा जाडो बाट बच्नका लागि उनीहरु बेसी तिर झरेका हुन ।


