चेलीबेटीलाई त्यार दिने माघ धर्मी महिना ।
दाइभाइ सम्झी माइत आउनु सबै दिदीबहिना ।


लेखकः–डबल बहादुर भाट
चेलिबेटीलाई त्यार दिनु याे चलन जन छाडया ।
काहीं बाट त्यार आयो भने सबै घर बाडया ।।
सेल बाबरकी बास आउछ हिड्ने बाटा भरि ।
दिदीबहिनीकी सुमराई लाग्दी सम्झी कठै बरि ।।
माइतीघर पकाएको माघमा चखाईहाल्या ।
याे चलन सन्ततीले सधैं जाेगाईहाल्या ।।


